काठमाडौं । चलचित्र विकास बोडर्डले गत आर्थिक वर्ष २०७९/८० बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेकाे छ । बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको हो ।
कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री सङ्ख्यासहितको विवरण पनि सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको मिति साउन गतेको निर्णयानुसार रिपोर्ट सार्वजनिक गरिएको हो ।
नेपालमा गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्रहरू रिलिज भएका छन् । स्वदेशी चलचित्रहरूले २७ लाख १६ हजार २१७ थान टिकट बिक्री गरेका थिए। त्यसक्रममा नेपाली चलचित्रले कुल ग्रस व्यापार ७६ करोड ७२ लाख ५७ हजार १ रुपैयाँ गर्न सफल भएका छन् ।
विकास बोर्डका अनुसार गत आर्थिक वर्षमा दीपकराज गिरी र दीपाश्री निरौलाद्वारा निर्मित छक्का पञ्जा ४ ले १७ करोड ५२ लाख ९९ हजार १५९ रुपैयाँ कलेक्शन गर्न सफल भएको छ । छक्का पञ्जा ४ ले ६ लाख २९ हजार ७५० वटा टिकट बेचेको थियो ।
त्यस्तै अहिले पनि प्रदर्शनमा रहेको दयाहाङ राई र मिरुना मगर अभिनित जारीले १७ करोड १७ लाख ९ हजार ५१८ रुपैयाँ कमाइ गर्न सफल भएको छ ।
तेस्रोमा प्रदीप खड्का अभिनित प्रेमगीत ३ ले ७ करोड ७० लाख ३५ हजार ५५८ रुपैयाँ कमाउन सफल भएको छ । भारतमासमेत रिलिज भएको यो चलचित्रले नेपालभर २६ लाख ९८ हजार ८ वटा टिकट बेच्न सफल भएको थियो ।
गत आर्थिक वर्षमा ७८ वटा विदेशी चलचित्रहरू नेपालमा प्रदर्शन भएका छन् । यी चलचित्रहरूको २५ लाख ८५ हजार ६०२ थान टिकट बिक्री गरेर कुल ग्रस व्यापार ७९ करोड ४३ लाख ४ हजार ७४८ गर्न सफल भएका छन् । विकास बोर्डले हाल प्रदर्शनरत दुई नेपाली चलिचत्रहरू बगान र जारीको असार ३१ सम्मको रिपोर्ट यसमा राखेको छ ।
कसले कति कमाए ?