काठमाडौं । नेपाली फिल्म ‘ह्वाइट हाउस’मा अभिनेत्री आँचल शर्मा र गरिमा शर्माले सँगै अभिनय गर्ने भएका छन् । यी दुबै अभिनेत्रीले फिल्मका लागि औपचारिक सम्झौतासमेत गरिसकेका छन् । यो फिल्मको लेखन सविनकुमार तोलाङ्गीले गरेका हुन् । निर्देशन पनि उनैको रहने छ ।
अस्कर कलेजको तेश्रो ब्याचबाट पास भएका सविनले केही छोटा फिल्म र म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। उनको यो डेब्यू निर्देशनको फिचर फिल्म हुनेछ ।
यो फिल्मको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ । तिहारपछि अष्ट्रेलियाबाट फिल्मको छायांकन सुरु गर्ने निर्माण टिमको तयारी छ । आँचलले यो फिल्मका लागि हालै सम्झौता गरेकी छन् । गरिमा भने एक महिना अघिदेखि नै फिल्ममा अनुबन्धित भैसकेकी छन् ।
गरिमाको करिअरको यो चौथो फिल्म हो । यसअघि उनले ‘लण्डन टू पेरिस’, ‘ह्रस्व दीर्घ’ र ‘दौतरी’ साइन गरिसकेकी छिन् । यो फिल्ममा नायक रमेश उप्रेतिले आँचलसँग स्क्रिन शेयर गर्ने छन् । ग्रिमाको जोडी कलाकारको खोजिमा निर्माण टिम लागेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google