
काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इङगेजमेन्ट गरेका छन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले इङगेजमेन्ट गरेका हुन् ।
आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
'सहयात्राको यो सुरुआत' भन्दै उनले लेखेका छन्, 'वी आर इङगेजड ! आई लभ यु' भन्दै महेशले अस्मितासँगका तस्विर उनलाई ट्याग गरेका छन् ।
अस्मिता र महेशले केही चर्चित गीत सँगै गाएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google