'बसे है पालेदाइ' गीत तत्काल युट्युबबाट हटाउन माग, नत्र बहिस्कार गर्ने चेतावनी

दर्पण दैनिक ८ असार २०८१,१२:१०
post

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा क्रियाशील शिक्षक संघ–संगठनले गायक बद्री पंगेनी, चोलेन्द्र पौडेलसहित १० जना गायक गायिकाको स्वर रहेको लोक दोहोरीगीत 'बसे है पालेदाइ' हटाउन माग गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै गीतलाई प्रतिबन्ध गर्न माग गरेका हुन् । 

विज्ञप्तिमा भनिएको छ, 'शिक्षकहरूलाई अपमानित हुने गरि राखिएका टुक्का, विद्यालयमा गरिएको छायांकन, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेका रूपमा गरिएको चित्रण साथै विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकले भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालयप्रति नै नकारात्मक भाव प्रकट गरेको छ ।'

शिक्षा, समाज र साहित्यको गरिमामा ख्याल नगरी व्यापारलाई मात्रै केन्द्रमा राखेर गीत ल्याइएको उनीहरूको आरोप छ । मागलाई बेवास्ता गरे गीतलाई बहिस्कार गर्दै गीतसँग सम्बन्धित कलाकारहरूलाई सामूहिक बहिस्कारसमेत गरिने चेतावनी दिइएको छ । 

नेपाली लोक संगीतमा विद्यावारिधि गरेका तुलसीराम खनालले पनि सामाजिक सञ्जालमा गीत सेयर गर्दै आलोचना गरेका छन् । 'बसे है पालेदाइ' चार दिनअघि युट्युबमा सार्वजनिक गरिएको थियो। बालकृष्ण श्रेष्ठको शब्द रहेको गीतमा स्वर्गीय जयनन्द लामाको लय छ । विष्णु शर्माको निर्देशन रहेको भिडिओमा करिष्मा ढकाल, विजय पुन लगायतको अभिनय छ ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९