काठमाडौं । ‘असारमा पर्ने झरि किन ?’ बोलको भिडियो एक कार्यक्रमका बीच हेरिटेज रेष्ट्रो, पाटनमा रिलिज गरिएको छ । नेपालमा हिपहप संगीतका प्रणेता र अग्रज कलाकार निर्णय श्रेष्ठ ‘एनएसके’ जुझारु युवा कलाकारहरु प्रशान्त मिष्ट, सुजन माइकल श्रेष्ठ, सिड बाग्ले, मिराज थापाको आवाजमा सजिएको हिपहप गीतमा संगीत संयोजन डिजे एलेक्सले गर्नु भएको छ भने रसिला कार्कीले अभिनय गरेकी छिन । सुदिप शाक्य तथा अन्य चारजना छायांकारहरुद्वारा छायांकन गरिएको म्यूजिक भिडियोमा, शैलेन्द्र खोकालीको भिएफएक्स रहेको छ ।
थाइल्याण्डका केही प्रसिद्ध शहरहरुमा छायांकन गरिएको भिडियो, युवा उत्पे्ररक तथा सामाजिक अभियन्ता पुण्य गौतम, चर्चित गायीका प्राश्ना शाक्य, समाजसेवी–उत्प्रेरक वल्र्ड रेकड्र्स नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वाल, वरिष्ठ फोटो पत्रकार, वल्र्ड रेकर्डस् होल्डर हरि गोपाल प्रधान, चर्चित कलाकार अजय अधिकारी ‘सुशिल’ अग्रज पत्रकार सिर्जना दुवाल, शिक्षाविद् आयुषा श्रेष्ठ, नव गायिका सदिक्षा भर्तेल, मेलम्ची कार्यपालिका सदस्य दिल बहादुर नेपाली लगायतको उपस्थिति रहेको थियो । युवा उत्पे्ररक, सामाजिक अभियन्ता पुण्य गौतमले “हिपहप संगीतको आधा इतिहास भरिनै निर्णय श्रेष्ठको नाम अकिंत छ ।