काठमाडौं । गायक पुष्पन प्रधान र अनु चौधरीकाे ‘हल्का हल्का माया बस्यो’ रिलिज भएको छ । गीतमा पुष्पन प्रधानको शब्द-संगीत छ भने जोनी योञ्जन तामाङले एरेन्ज र मिक्सिङ गरेका छन् ।
भिडियाेको निर्देशनमा निकेश खड्काले भूमिका खेलेका छन् भने सम्पादन बिकाश धमलाले र छायांकन दिनेश पराजुलीले गरेका छन् । भिडियाेमा गरिमा शर्मा र प्रभात पल ठकुरीकाे अमभिनय छ । भिडिओ गरिमा शर्मा अफिसियल युट्युबबाट सार्वजनिक गरिएकाे हाे ।