‘परदेशी–२’को गीत ‘कुरा सिधा छ’ युट्युबमा (भिडियाे)

दर्पण दैनिक १ कार्तिक २०८०,२१:१४
post

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘परदेशी–२’को डान्सिङ नम्बरको गीत ‘कुरा सिधा छ’ युट्युबमा सार्वजनिक गरिएको छ ।  चलचित्र प्रदर्शनको छैठौं दिन बुधवार निर्माण टिमले गीतको पुरा भिडियो सार्वजनिक गरेको हो । यो गीत यसअघि‘बिहाइन्ड द सिन’सहित लिरिकल शैलीमा ल्याइएको थियो ।

यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटी प्रस्तुत छन् । प्रताप दास र मिना निरौलाले गीतमा स्वर दिएका छन् । बि।बि अनुरागीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई गोविन्द राईले कोरियोग्राफी गरेका हुन् ।

बडा दशैंको अवसर पारेर प्रदर्शनमा आएको ‘परदेशी–२’ले हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ। चलचित्रले चार दिनमा (सोमवारसम्म) २ करोड हाराहारी ग्रस कलेक्सन गरेको रिपोर्ट निर्माण पक्षले सार्वजनिक गरेको थियो । मंगलवार र बुधवार पनि चलचित्रले देशभरका हलमा दर्शकको राम्रो साथ पाएको छ ।

नारायण रायमाझीको निर्देशन रहेको चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन्। चलचित्रमा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ। राजेश वंशल र निर्देशक रायमाझी मिलेर चलचित्र निर्माण गरेका हुन् । परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथा चलचित्रले पेश गर्छ ।

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: