काठमाडौँ । पछिल्लो समय अस्ट्रेलिया बस्दै आएका गायक सुनिल कटुवालले नयाँ गीत ‘झुम्कावाली’ सार्वजनिक गरेका छन् । गीतको भिडियोमा नृत्य समूह भीमफेदी गाईजको सामूहिक नृत्यसँगै मोडल आभा थापाको पनि अभिनय छ ।
गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको सङ्गीत संयोजन, पवन सुस्लिङको छायाङ्कन तथा सम्पादन छ । भीमफेदी गाईजका निर्मलकुमार लामाको निर्देशन रहेको भिडियोमा अस्ट्रेलियाको छायाङ्कन राजीव बस्नेतले गरेका हुन् । भिडियोमा भीमफेदी गाईजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको गायक कटवालले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google