काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को फिनाले शुक्रबार हुँदैछ । यतिबेला चारजना फाइनलिस्टलाई भोट माग्न भ्याइनभ्याइ छ । सामाजिक सञ्जालदेखि सार्वजनिक समारोहमा पुगेर फाइनलिस्टले भोट मागिरहेका छन् । विनोद राई, मकर योञ्जन, नोगेन लिम्बू र कुमार प्रयास उपाधिका लागि भिड्दैछन् ।
भ्वाइस अफ नेपाल सिजन ५ को ग्रान्ड फिनाले आगामी पुस २७ गते शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदै छ । फिनाले समारोहमा कोच, भ्वाइस किड्सका कोच, लोकस्टारका जज र फाइनलिस्टले प्रस्तुति दिनेछन् ।
तीन हजार सिट क्षमता भएको हलमा दर्शकले खल्ती एपबाट टिकट किनेर कार्यक्रम हेर्न सक्नेछन् । टिकट किन्न खल्तीको इभेन्ट सेक्सनमा गई खरिद गर्न सकिनेछ । भ्वाइस अफ नेपाल हिमालय टिभी एचडीमा प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।