काठमाडौं । गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पूर्वेली लोकभाकामा आधारित’भूईँ सोरी’ गीतको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन । शान्तिराम राई को संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडिवीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।
याक्खा जातिहरुको पहिचान र कला र संस्कृतिलाई गीतमा उत्कृष्ट ढंगबाट देखाईएको छ । सुजन श्रेष्ठको छायाँकन, सम्पादन तथा कृष्ण लिंखा याक्खाको निर्देशन भिडियोमा रहेको छ । 'भूईँ सोरी' गीतको भिडियोमा विमला लिम्बु र जान रानाको अभिनय रहेको छ ।