गणेश मन्दिरमा पूजा गर्दै ‘मोदीबेनी’ मुहूर्त

दर्पण दैनिक १६ माघ २०८०,१६:३५
post

काठमाडौँ । फिल्म ‘मोदीबेनी’ शुभ–मुहूर्त गरिएको छ । मङ्गलवार कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्मको शुभ–मुहूर्त गरिएको हो । मुहूर्त लगतै फिल्म युनिटले छायाङ्कन समेत सुरु गरेको छ । वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठको फिल्ममा मुख्य भूमिका रहनेछ । कार्यक्रममा वर्षाले फिल्मको स्क्रिप्ट मनपरेर ‘मोदीबेनी’मा अभिनय गर्न लागेको बताइन् ।

अभिनेता श्रेष्ठको यो डेब्यु फिल्म हो । श्रेष्ठको दुई नाटक र केही वेब सिरिजमा काम गरेका छन् । फिल्मबाट ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्दैछिन् । उप्रेतीको जोडी कलाकार दिलीप केसी बन्नेछन् ।

अमर, सरोज, रेजिना, वर्षा, दिलीपका अलावा कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको फिल्ममा अभिनय रहनेछ । 

शंकर कोइरालाको निर्देशन रहने फिल्म पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही बन्न लागेको हो । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मका निर्माता दिलीप के.सी, सह–निर्माता हरि श्रेष्ठ रहेका छन् । करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो फिल्म पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: