काठमाडौं । लोकप्रिय गायीका शोभा थापा र गायक टेक बोगटी नयाँ डेउडा गीत ‘संगै दिन काटुली’ सार्वजनिक गरिएको छ । यो गीतको म्युजिक भिडियोलाई जया संगीत म्युजिक को युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा लय हेर्मब स्मृति साउदको रहेको छ, भने संगीत जया रोकायाको छ । गीतमा एरेन्ज सन्जय श्रिपालको रहेको छ ।
रुपा शिलालले निर्देशन गरेको म्युजिक भिडियोमा राजकुमार खड्का, बसन्ती बिसी र अशिश साउदको अभिनय रहेको छ ।