काठमाडाैं । नेपाली चलचित्र ‘बिहे पास’ युट्युबमा रिलिज गरिएको छ । तिहारको अवसर पारेर आइतवार युट्युबमा सार्वजनिक गरिएको चलचित्रले राम्रो भ्युज पाइरहेको छ ।
दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, रवीन्द्र झा, शिशिर वाङदेललगायतको अभिनय रहेको चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।
यो चलचित्र गत वैशाखमा हलमा प्रदर्शनमा आएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google