काठमाडाैं । केही समय अघिसम्म मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेकी रविना देशराजले अन्तर्राष्ट्रिय महिला दिवसमा नौलो किसिमको सन्देश दिएकी छन् । बेलायती पुरुषसँग नयाँ सम्बन्ध बनाएकी रविना पछिल्लो समय भारतको मुम्बईमा बस्छिन् ।
उनले आज सामाजिक सञ्जालमा समुन्द्र किनार टु पिसमा सजिएको फोटोसहित विश्वका महिलालाई स्वतन्त्रताको सन्देश दिएकी हुन् । उनले लेखेकी छन्, ‘हाम्रो शरीर आफ्नै भएकाले आफ्नो तरिकाले बाँच्न सकिन्छ । अरुको खटनपटन र निर्णयको कुनै भूमिका हुँदैन । आफू एक्लैले आफ्नो निर्णय गर्न सकिन्छ ।’