
मुम्बई । निर्देशक नितेश तिवारीको आगामी फिल्म रामायणमा अभिनेत्री काजल अग्रवालले महत्त्वपूर्ण भूमिका पाएकी छिन् । यस फिल्ममा उनी रावणकी पत्नी मन्दोदरीको भूमिकामा छिन् ।
साउथ सुपरस्टार यश रावणको भूमिकामा देखिनेछन् । पहिले साक्षी तन्वरले यो भूमिका निर्वाह गर्न सक्ने खबर आएको थियो, तर अब चलचित्र निर्माणसँग सम्बन्धित एक नजिकको स्रोतले काजलले मन्दोदरीको भूमिका पाएको पुष्टि गरेको छ । यति मात्र होइन, उनले सुटिङ पनि सुरु गरिसकेकी छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google