काठमाडौं । अभिनेत्री पूजा शर्मा फिल्म ‘दाम्भी’मा एक्सन अवतारमा देखिने तयारीमा छिन्। फिल्म निर्माताले पोस्टरमा पूजाको एक्सन अवतार सार्वजनिक गरिसकेका छन् । लभ गर्लका रुपमा परिचित पूजाका लागि यो अवतार नयाँ हो ।
नयाँ अवतारमा प्रस्तुत हुने पूजाको कसरत पनि राम्रै छ। पूजा नयाँ फिल्मका लागि एक्सन सिकिरहेकी छिन् । पूजाले बालकुमारीमा एक्सन सिकिरहेकी हुन् । पूजाले आफ्नो सामाजिक सञ्जालमा एक्सन सिकिरहेका भिडियो पोष्ट गरिरहेकी छिन् ।
नेपाली चलचित्रमा देखिरहेका भन्दा भिन्न हिसाबको एक्सन कम्पोज गर्ने कोसिसमा निर्माण टिम रहेको छ । नेपाल र सिक्किममा खिचिने चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका छन् ।
चलचित्रमा पूजाको जोडीको रुपमा मोडल कुन्साङ्ग बोमजोन देखिँदैछन् । मोड्लिङ्मा राम्रो छाप छाडेका कुन्साङ्गको यो डेव्यु चलचित्र हो ।