काठमाडौं । पछिल्लो समयकी लोकप्रिय गायीका इब्सल सन्ज्यालले इन्डो–नेपाल सुजन म्युजिक अवार्ड प्राप्त गरेकी छन् । भारतको नयाँ दिल्लीमा सम्पन्न भएको अवार्ड वितरण कार्यक्रममा सन्ज्यालले आवर्ड पाएकी हुन् । सन्ज्यालले देउडा गीत ‘मुटुकी टुक्री’ बाट उत्कृष्ट देउडा गायीकाको अवार्ड जितेकी हुन् ।
अवार्ड पाएसँगै खुसी व्यक्त गर्दै इब्सल सन्ज्याले यो अवार्ड आफ्नो जिन्दगीकै पहिलो भएको बताइन् ।
उनले भनिन्, ‘म अस्वस्थ हुँदै पनि सकि नसकि इन्डो–नेपाल सुजन म्युजिक २०२३ का लागि दिल्ली सम्म आइपुगे । मलाइ यो अवार्डकालागि भोट गरेर हौसला प्रदान गर्नु हुने मेरो परिवार आफन्तजन साथी भाइ मेरा शुभचिन्तक मलाइ माया गर्ने सम्पूर्णमा सिर झुकाइ नमन गर्न चाहान्छु । यो अवसर प्रदान गर्ने आयोजक सुजन म्युजिक प्रालि र जुरिकमिटी लाई धन्यवाद दिन चाहान्छु ।’