काठमाडौं । म्यूजिक भिडियो कलाकार संघ नेपालको ‘छैटौं साधारणसभा तथा तेस्रो अधिवेशन’ यहीं साउन १९ गते शुक्रबार हुने भएको छ । संघले एक सूचना जारी गर्दै संस्थामा आबद्ध भएका सम्पूर्ण सदस्यहरुले आफ्नो सदस्यता नविकरण गर्न अनुरोध गरेको छ ।
त्यस्तै, संघको विधान बमोजिम योग्यता पुगेका नयाँ सदस्यता लिन चाहनेहरुले सदस्यता लिनको लागि मिति साउन १५ गतेसम्म समय तोकेको छ। साउन १५ गतेसम्म सदस्यता नविकरण तथा नयाँ सदस्यता लिएका सदस्यहरुले मात्र अधिवेशनमा मताधिकारको प्रयोग गर्न पाउने संघले जनाएको छ ।