काठमाडौं । चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझीको पहिलो चलचित्र ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । सञ्चारकर्मी प्रकाश सुवेदीको नेतृत्वमा मङ्गलवार बिहान भैसेपाटीमा अवस्थित कार्य विनायक मन्दिरमा वैदिक विधिद्वारा हवन यज्ञ सहित फिल्मको शुभ साइत गरिएको हो ।
चलचित्रमा दिव्यालाई अभिनेता प्रदीप खड्का, अभिनेत्री आना शर्मा, दिव्यदेव, सुशील सिटौला लगायतले साथ दिँदैछन । चलचित्रलाई निर्माता थमन कुमार भण्डारीले निर्माण गर्ने भएका छन् । उनी मकै घर रेस्टुरेन्टका सञ्चालक समेत हुन। दुई हप्तापछि छायांकन सुरु गरिने चलचित्रको निर्देशनको जिम्मा भने राजन भुसालले लिएका छन् ।