काठमाडाैं । सामाजिक सञ्जाल टिकटकबाट प्रेम सम्बन्धमा जोडिएका नेपाली युवा आयुश सिंह ठकुरी र दुबईमा बस्दै आएकी पाकिस्तानी युवती एलिजे जमालीले इन्गेजमेन्ट गरेका छन् । इन्गेजमेन्टका लागि ठकुरीको परिवार दुबई पुगेको छ ।
उनीहरूबीच शुक्रबार इन्गेजमेन्ट भएको हो । उनीहरूले यसअघि नै सँगै टिकटक लाइभमा आएर इन्गेजमेन्ट गर्ने जानकारी गराएका थिए । इन्गेजमेन्टपछि उनीहरूले इन्गेजमेन्ट कार्यक्रममा भिडियो तथा तस्वीहरू टिकटकमा पोस्ट गरेका छन् ।
टिकटकमा लाइभ बस्दा परिचय भएपछि उनीहरू प्रेममा परेका थिए । सधैँ बुर्कामा रहने एलिजेले इन्गेजमेन्टमा पनि अनुहार देखाएकी छैनन् ।