
काठमाडौँ । आगामी चैत ८ गते प्रदर्शनको तयारीमा रहेको 'द्रौपदी' फिल्मको 'कर्णाली काटौला' बोलको गीत सार्वजनिक गरिएको छ । वान सिनेमा,नयाँ बानेश्वरमा बिहीबार प्रेस मिट गरी सार्वजनिक गीतमा रवि ओड र इन्द्रकला राईकाे स्वर छ ।
निर्देशक ऋषिराज आचार्यको शब्द र रवि ओडको संगीत रहेको गीतमा डेब्यु अभिनेत्री आश्वीनी शाही,निर्देशक ऋषिराज स्वयम्,गायक रवि र सुजाता तिमिल्सीना प्रेमील भावमा प्रस्तुत भएका छन्। डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलमा छायाङ्कन गरिएको फिल्मको गीतको कोरियोग्राफी विष्णु ठडराईले गरेका छन् ।
०८ चैतबाट देशव्यापी प्रदर्शनमा आउने फिल्ममा आश्वीनी,रवि ओड, कबिराज , जेल्सन अधिकारी, सुजाता तिमल्सिना , बिस्णु ठडराई ( सुबास ), प्रकाश ज्ञवाली ,सीता बौडेल, सुरज अधिकारी र ऋषिराज मुख्य भूमिकामा छन् । निर्देशक ऋषिराजकै लेखन,गीत अनि निर्माण रहेको फिल्मको सम्पादन अनिल महर्जनले गरेका हुन । सौरभ शर्माको पार्श्व संगीत रहेको फिल्म मोहनकुमार झिल्लुले खिचेका हुन ।
आर बि मुभिजको ब्यानरमा बनेको फिल्मको सहनिर्मातामा ऋतु आचार्य र विष्णु ठडराई छ्न । फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट ,एफ डि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा बितरण गर्दैछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google