
काठमाडौँ । '५औँ म्युजिक खबर तिज म्युजिक अवार्ड्स–२०८३' मा मोडल झरना रिसाल उत्कृष्ट म्युजिक भिडियो संयुक्त मोडल (तिज गीत) विधाबाट सम्मानित भएकी छन् । 'माइती घरको आँगन' बोलको चर्चित तिज गीतको भिडियोमा गरेको अभिनयका आधारमा उनले उक्त अवार्ड हात पारेकी हुन् ।
आर्टिस्ट अफ नेपालको प्रस्तुति तथा एसके मिडिया नेपालको आयोजनामा नयाँबानेश्वरमा आयोजित विशेष समारोहमा रिसाललाई जितको प्रमाणपत्र तथा ट्रफी हस्तान्तरण गरिएकाे थियाे ।
अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै मोडल रिसालले भनिन्, "५औँ म्युजिक खबर तिज म्युजिक अवार्ड्स–२०८३ मा 'माइती घरको आँगन' गीतबाट उत्कृष्ट म्युजिक भिडियो संयुक्त मोडल – तिज गीत विधामा विजेता हुन पाउँदा अत्यन्तै खुसी र गौरवान्वित छु ।"
उनले प्राप्त सम्मानले आगामी दिनमा अझ राम्रो काम गर्ने ऊर्जा, हौसला र प्रेरणा थपेको बताइन् । "मेरो यात्रा र सफलतामा साथ, माया र विश्वास गर्नुहुने सम्पूर्ण परिवार, साथीभाइ, शुभचिन्तक तथा दर्शकहरूप्रति हृदयदेखि नै धन्यवाद," उनले थपिन्, "यो अवार्ड मेरो मात्र होइन, मलाई साथ दिनुहुने सबैको साझा खुसी हो । धन्यवाद म्युजिक खबर तिज म्युजिक अवार्ड्स–२०८३ तथा आयोजक एस.के. मिडिया नेपाल ।"









































































.jpeg)






































.jpg)








.jpeg)























.jpg)





























.jpeg)









प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google