बलिउडकी चर्चित गायिका अल्का याग्निकलाई दुर्लभ न्यूरो संक्रमण

दर्पण दैनिक ५ असार २०८१,१७:०९
post

मुम्बई । बलिउड जगतकी चर्चित पार्श्व गायिका अल्का याग्निकलाई दुर्लभ न्यूरो संक्रमण भएको छ । यहीकारण यी चर्चित गायिकाले सुन्ने क्षमता गुमाएकी छन् । यो कुराको पुष्टि उनी आफैंले इन्स्टाग्राममार्फत मंगलबार गरेकी छन् । अलकाले आफ्नो समस्याबारेमा जानकारी दिँदै फ्यान र साथी कलाकारहरूलाई चर्को आवाज र संगीतबाट टाढै रहन भनेकी छन् ।

९० को दशकदेखि बलिउडका कयौँ चर्चित र सदाबहार गीतमा आवाज दिइसकेकी अलका याग्निकलाई एक दुर्लभ न्यूरो संक्रमण देखिएको हो । इन्स्टाग्राममा उनले एक पोस्टमार्फत अब आफूले सुन्न छाडेको बताएकी छन् ।

अलकाले आफूलाई भाइरल ज्वरोले आक्रमण गरेपछि यो समस्या सुरु भएको बताएकी छन् । एक दिनभरको उडानपछि बाहिर आइसकेपछि आफ्नो सुन्ने क्षमता गुमेको जानकारी उनले दिएकी छन् ।

इन्स्टाग्राममा यस समस्याबारे बताउँदै उनले लेखेकी छन्, ‘मेरा सबै फ्यान, साथी, फलोअर र शुभचि‍न्तहरू केही साताअघि जब म एक उडानबाट बाहिर निस्किरहेकी थिएँ तब मलाई लाग्यो मैले सुन्न सकिरहेकी छैन । यस तनावबाट गुज्रिएको एक सातापछि थोरै हिम्मत जुटाएर म यो सन्देश लेख्दैछु । म कहीँ हराएँ, बेपत्ता भएँ भन्ने मेरा साथी र शुभचिन्तकका लागि मौनता तोड्दैछु ।’

उनले आफ्नो सांगीतिक करिअरका क्रममा २१ हजारभन्दा धेरै गीत रेकर्ड गराएकी छन् । ९० को दशकदेखि निरन्तर उनी भारतीय संगीत जगतमा छाइरहेकी गायिका हुन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९