काठमाडौँ । लोक देउडाको क्षेत्रमा विगत डेढ दशकदेखि अनवरत रुपमा सक्रिय गायक, सर्जक तथा संगितकार सुर्य विरही साउद र पछिललो समयकी चर्चित गायिका संगिता बडुवालको स्वरमा रहेको नयाँ देउडा भाकाको गीत ‘मेरी कान्छी साली’ सार्वजनिक भएको छ । रमाइलो तथा फरक ठट्यौली शैलीको गीतमा राजेन्द्र बाजुराली, सागर बाजुराली, कल्पना मल्ल र निरुता खत्रीको स्वर पनि सामुहिक स्वर रहेको छ ।
सर्जक सुरेन्द्र विक स्मृतिको शब्द रहेको सो गीतमा सुर्य विरही साउदको संगित र चर्चित संगितकर्मी विनोद बाजुरालीका्े एरेञ्जर रहेको छ । मिक्सिङ खड्क बाजुरालीले गरेका छन् ।
गीतको म्यूजिक भिडिओमा रमेश बिजुली बिसी र रस्मिका मल्लको अभिनय देख्न सकिन्छ । साथै कलापती ताम्राकार, विमला विक, निशान परियार (पाण्डे) र सरोज रोकायाको पनि अभिनय रहेको छ ।
रमेश बिजुली बिसीले निर्देशन गरेको भिडियो छायांकन तथा सम्पादन भने गणेश साउदले गरेका हुन् । भिडिओ चौतारी म्युजिक प्रालिको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।









































































.jpeg)






































.jpg)








.jpeg)























.jpg)


























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google