काठमाडाैं । बलिउड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन् । यही साउन २६ मा काठमाडौँको गैरीधाराको एलिसमा ट्रुडर्मा ब्रान्डको ‘ट्रु स्किन ब्रान्ड’ लन्च गर्न यहाँ आउने भएकी हुन् ।
ट्रुडर्मा ब्रान्डका निर्देशक सुशान्त मुरारकाले ट्रु स्किन ब्रान्डका उत्पादन उद्घाटन गर्न सन्जिदा नेपाल आउन लागेको जानकारी दिए । शेख आफैँले प्रोडक्टको अनावरण गर्नेछिन् । उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम छ । नेपाली ब्रान्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उनले बताए ।