तेमालमा एसइई प्रोत्साहन पुरस्कार तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न, ४ विद्यार्थीलाई जनही ५० हजार प्रदान

दर्पण दैनिक २ आश्विन २०८३,१३:२२
post

काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिका-२ स्थित श्री सर्वोद्धार माध्यमिक विद्यालयमा एसइई प्रोत्साहन पुरस्कार तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा एसइई २०८२ मा सहभागी ४ जना जेहेन्दार विद्यार्थीहरूलाई अध्ययनमा थप प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले जनही ५० हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । पुरस्कारसँगै विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ, विशेष अतिथिका रूपमा गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर तथा वडा अध्यक्ष देवराज तामाङ थिए ।

सहायक प्रधानाध्यापक असमान तामाङले स्वागत मन्तव्यद्वारा सुरु गरेको कार्यक्रममा प्रधानाध्यापक ज्ञान्जामान तामाङले विद्यालयको शैक्षिक प्रगति, वस्तुस्थिति तथा विद्यार्थीहरूले हासिल गरेका उपलब्धिका विषयमा आफ्ना विचार व्यक्त गरे । 

कार्यक्रममा तेमाल गाउँपालिका शिक्षा शाखाका प्रतिनिधि भीमलाल लामाले पनि शिक्षाको गुणस्तर सुधार र पालिकाको सहयोग सम्बन्धी जानकारी गराएका थिए ।

शिक्षक कुलबहादुर तामाङले कुशल सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: