बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको वडा ६ मा रहेको सामुदायिक बनमा आगलागी भएको छ । शक्रबारदेखि लागेको आगो नियन्त्रणमा आउन नसक्दा बस्तीमा त्रास फैलिएको छ । बुढीगंगा नगरपालिका ६ का वडाध्यक्ष हेमराज जैशीका अनुसार आगो लागेपछि जंगलमा भएका काठ तथा अन्य बहुमुल्य जडीबुठी जलेर नष्ट भएका छन् ।
जंगलमा लागेको आगो बस्तीमा आउन नदिन दिनभर जसो महिला समुह, प्रहरी तथा स्थानीयको सक्रियतामा एकतर्फको आगो नियन्त्रणमा आएको वडाध्यक्ष जैशीले बताए । आगो निभाउन बाजुरा जिल्लामै एउटासमेत दमकल नभएकोले समस्या भएको वडाध्यक्ष जैशीले बताए । उनले भने, ‘दमकल छैन्, स्याउला, माटोले आगो निभाउने कार्य गर्यौं ।’
उनका अनुसार सो आगलागीबाट ६० घरधुरी तथा स्थानीय बाम्का बजारसमेत प्रभावित हुने अवस्था छ । बाम्का बजार करीब २ सयवटा पसल छन् । आगलागीबाट बस्तीमा क्षती नहोस भन्नको लागि प्रहरीलाई खटाइएको जिल्ला प्रहरी बाजुराका प्रमुख तथा डिएसपी दीलिप गिरीले बताए । उनले भने स्थानीयसँगको सहकार्यमा आगो निभाउन प्रहरी खटिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google