कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस उद्धव थापा नियुक्त

दर्पण दैनिक २१ असार २०८०,१९:१७
post

काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन् ।

थापाले प्रदेश सभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका थिए। प्रदेश प्रमुखले थापालाई संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश सभा उनलाई कांग्रेसका २९, माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका एक जना र सभामुख बाबुराम गौतमको समर्थन छ ।

यसअघि नेकपा एमालेले भने सभामुख गौतमसहितको हस्ताक्षर आफूहरूलाई मान्य नहुने भन्दै प्रदेश प्रमुखलाई भेटेर आपत्ति जनाएका छन् । उनीहरूले सभामुखसहितको हस्ताक्षर बदर गराउन अदालत जाने चेतावनी दिएका छन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: