काभ्रेको बाढी प्रभावित क्षेत्रमा बागमतीका मुख्यमन्त्री लामा

दर्पण दैनिक १ मंसिर २०८१,२०:३९
post

काठमाडौं । बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले शनिबार काभ्रेको बेथानचोक गाउँपालिकाका बाढी पहिरोले क्षतिग्रस्त क्षेत्रको अवलोकन गरेका छन् ।

त्यस क्रममा उनले बाढीले क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माण गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन् । उनले बागमती प्रदेशका बाढी प्रभावित विभिन्न स्थानीय तहलाई लक्षित गरेर योजना बनाउने पनि बताए ।

‘संघ, प्रदेश र स्थानीय तहले प्रतिशतको आधारमा क्रमश: ६०, ३० र १० प्रतिशत भार पर्ने गरी कार्यविधि बनाउन छलफल भइरहेको छ । चाडै यसको अन्तिम रूप आउँछ’, मुख्यमन्त्री लामाले भने ।

मन्त्री लामाले बागमती प्रदेश सरकारले विपद्मा परेका नागरिकलाई राहत वितरण गरिरहेको बताउँदै काभ्रेमा विपद्ले पारेको क्षतिको विवरण संकलन गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय तहबीच तालमेल मिलाउन र निर्णय गर्न बाँकी रहेकोसमेत बताए ।

उनले प्रदेशले कार्यविधि अनुसार बाढी पहिरोबाट मृत्यु भएकाहरूलाई प्रतिव्यक्ति एकलाख रुपैयाँ वितरण गर्ने काम भइरहेको र थप १ लाख वितरण गर्न लागेको जानकारी दिए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९