नल्लुको सेतीदेवी सामुदायिक वनमा राेपियाे लौँठसल्ला

दर्पण दैनिक २८ श्रावण २०८१,१४:१४
post

ललितपुर । कोन्ज्योसोम गाउँपालिका नल्लुमा आवस्थित सेतिदेवी सामुदायिक वन उपभोक्ता समूहको खाली ठाउँमा लौँठसल्लाको वृक्षरोपण गरिएकाे छ । सामाजिक अभियन्ता तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ललितपुर जिल्ला सदस्य बीरबल स्याङ्तान लामाको बिषेश पहलमा खाली ठाउँमा लौँठसल्लाको वृक्षरोपण गरिएकाे हाे ।

सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष सलकुमार घलान तथा अन्य सदस्यहरूको उपस्थितमा बृक्षारोपण सम्पन्न गरिएको हो । उक्त स्थानलाई लौँठसल्ला पार्कको रूपमा परिचित गराउने उद्देश्यको साथ बृक्षारोपण गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सल कुमार घलानले बताए । 

उक्त बृक्षारोपनमा लोठसल्ला बिरूवा उपलब्ध सीके रिसर्च & ग्रीनरी प्रमोसन प्रालिका अध्यक्ष छिन्दिम मेनक्पा भोटेले उपलब्ध गराएका हुन् । संस्थाका अध्यक्षको बिशेष सहयोगमा भएको उक्त बृक्षारोपणमा लोठसल्ला पार्कको परिकल्पना गरिएको छ । 


अगामी केही समयमा उक्त बाँकी रहेका स्थानमा पुनः लोठसल्ला बिरूवा उपलब्ध गराउने र अगामी केहि समय पछी तारबारको व्यवस्था मिलाउने प्रयास गरिने बताईएको छ । उक्त बृक्षारोपणमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ललितपुर जिल्ला अध्यक्ष प्रेम प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: