रसुवाको गोसाइँकुण्ड थुमनका आगलागी पीडितलाई राष्ट्रिय युवा संघले  वितरण गर्यो राहात

दर्पण दैनिक २२ आश्विन २०८०,१४:०१
post

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले रसुवाको गोसाइँकुण्ड १ थुमनमा राहात  वितरण गरेको छ । भाद्र २८  गते विद्युत सर्ट भई आगलागीबाट पुर्ण क्षति भएका घर परिवारलाई  राष्ट्रिय युवा संघले राहात बितरण गरेको हो । पीडित परिवारलाई खाद्यान्न लगायत अन्य सामाग्री बितरण गरिएको राष्ट्रिय युवा संघ नेपाल रसुवाका सचिव सुर्यमान तामाङ्ले जानकारी दिए । पीडितलाई सानै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए । सहयोग गर्ने रकम राष्ट्रिय युवा संघ नेपाल रसुवा जिल्ला कमिटीले जुटाएको बताए ।

राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा गोसाइँकुण्ड उत्प्रेरक दावा पेम्बा तामाङ, केन्द्रीय सदस्य तथा कालिका उत्प्रेरक रोशन तामाङ, बाग्मती प्रदेश कमिटी सदस्य सापेम्बा तामाङ र  गोसाइँकुण्ड गाउँ कमिटीबीच समन्वय गरि युवा संघ नेपाल रसुवाको नेतृत्वमा  व्यक्तिगत आर्थिक रकम संकलन गरेर आगलागीबाट पुर्ण क्षति भएको गोसाइँकुण्ड १ थुमनमा सहयोग गरिएको सचिव तामाङ्ले जानकारी दिए ।  गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर १ का वडाध्यक्षसँग सहजीकरण गरि पीडित परिवारलाई खाद्यन्न राहत वितरण गरेको उनले बताए ।

 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: