बुलबुले उद्यानमा कार्यक्रम स्थलमै बेहोस भएका वीरेन्द्रनगरका लेखा अधिकृतको निधन

दर्पण दैनिक २९ जेष्ठ २०८१,१६:३९
post

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ । मंगलबार बिहान वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा भएको कार्यक्रमकै बिचमा बेहोस भएर ढलेका क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो । बुलबुले उद्यानमा डुङ्गा सञ्चालन कार्यक्रमको उद्घाटन थियो । उक्त कार्यक्रमको उद्घोषणसमेत उनले नै गरिरहेका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सहभागी कार्यक्रम समापन पश्चात् क्षेत्री त्यहीँ नै बेहोस भएका थिए । त्यसपछि तत्काल उपचारका लागि उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । उनको हृदयाघातका कारण मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: