कर्णालीमा कांग्रेसबाट ४ जना बन्दै मन्त्री

दर्पण दैनिक १८ श्रावण २०८१,१३:३१
post

सुर्खेत । कर्णाली सरकारले पूर्णता पाउने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले नेपाली कांग्रेसबाट चार  जना मन्त्री नियुक्त गरेसँगै सरकारले पूर्णता पाउने भएकाे छ । कांग्रेस संसदीय दलको बैठकले एमालेको नेतृत्वमा रहेको सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको हो ।

मुख्यमन्त्री यामलाल कँडेलको नेतृत्वको सरकारमा नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बनेका छन् । शाहले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिइएको छ । उनीहरुका शपथ आजै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कांग्रेसबाट मन्त्री भएका चार जनामध्ये शाह, भण्डारी र बुढा संस्थापन पक्षका हुन भने अधिकारी संस्थापन इतर पक्षका हुन् । ८ सदस्यीय कर्णाली मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित एमालेले तीन मन्त्रालय राखेको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post