तेमालमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा २ हजार १ सय भन्दा बढीको आँखा र दाँतकाे परिक्षण

दर्पण दैनिक २० बैशाख २०८१,१३:१८
post

काभ्रेपलाञ्चोक ।  तेमाल गाउँपालिकामा सञ्चालित ८ दिने निःशुल्क स्वास्थ्य शिविरमा २ हजार १ सय ३९ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । तेमाल गाउँपालिकाको आयोजनामा यहीं बैशाख १० गते देखि १८ गतेसम्म पालिकाका सबै वडामा सञ्चालन भएको आँखा र दाँतको शिविरमा २ हजार १ सय ३९ जनाको स्वास्थ्य परिक्षण गरिएको हो । 
 
नेपाल नेत्रज्योती संघ, किर्तिपुर आँखा अस्पताल, शिर मेमोरियल अस्पताल र जर्मन रोटरी भोलिन्टियर डक्टरको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा स्थानीयको उल्लेखय सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए । 

अध्यक्ष तामाङका अनुसार शिविरमा ८ सय ९७ जनको दाँतको परिक्षण गरिएको थियो । सो क्रममा २ सय ३२ जनाको दाँत निकालिए र १ सय ४५ जनालाई अस्पताल रेफर गरिएको छ । त्यस्तै,  शिविर अवधीभर १ हजार २ सय ४२ जनाको आखाँ परिक्षण गरिएकोमा २५ जनालाई अस्पत्ताल रेफर गरिएको छ । १ हजार २ सय ४२ जनाको आखाँ परिक्षण गर्दा  १ सय ३७ जनामा मोतिविन्दुको समस्या देखिएको अध्यक्ष तामाङले जानकारी दिए । उक्त शिविरबाट पत्ता लागेका मोतिया विन्दुको निःशुल्क अप्रेसन तेमाल गाउँपालिकामा हुनेसमेत उनले बताए । 

 

दर्पण दैनिकसँग कुराकानी गर्दै अध्यक्ष तामाङले जनताको सेवा गर्नकै लागि आफू आएको बताउँदै चुनावमा गरेका प्रतिवद्धतालाई पुरा गरिरहेको बताए । उनले भने, ‘चुनाव अगाडि मत माग्दै गर्दा मैले गर्छु भनेर वाचा गरेका काम अहिले गरिरहेको छु । तेमालका आम नागरिकको स्वास्थ्य प्रति हाम्रो चिन्ता र चासो छ ।’  शिविर सफलतापूर्वब सम्पन्न भएकोमा अध्यक्ष तामाङले सबैलाई धन्यवाद दिए । 

 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post