भुम्लु गाउँपालिकामा स्वास्थ्य शिविर, ७५४ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण

दर्पण दैनिक २८ असार २०८०,१३:४५
post

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा ७५४ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । मंगलबारबाट सुरु भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको उपचार गर्नुका साथै औषधि निःशुल्क रुपमा उपलब्ध गराइएको थियो ।

मंगलबार शिविरमा हाडजोर्नीसम्बन्धी १०७ जना, जनरल फिजिसियन ९० जना, स्त्री तथा प्रसूतिसम्बन्धी ४५ जना, अकुपञ्चरमा ५५ जना, मुटुसम्बन्धी २१ जनाले निःशुल्क सेवा लिएका थिए भने बुधबार  स्त्री तथा प्रसीतिसम्बन्धी ८५ जना हाडजोर्नीसम्बन्धी १४० जना, जनरल फिजिसियन १०० जना, मुटुसम्बन्धी २१ जना र अकुपंचरसम्बन्धी ९० जना बिरामीले सेवा लिएका छन् ।

भुम्लु गाउँपालिकाको आयोजनामा सिंगापुर रेडक्रस र प्रारम्भ सामाजिक संस्थाको सहयोगमा प्रकाश माध्यमिक विद्यालयमा मंगलबार र बुधबार स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

शिविरमा हाडजोर्नी, मुटु, स्त्रीरोग, योग तथा प्राकृतिक चिकित्सा लगायतको स्वास्थ्य परीक्षणका लागि सिंगापुर रेडक्रसबाट आएका चिकित्सकको टोली, किष्ट मेडिकल कलेज ललितपुरका विशेषज्ञ चिकित्सक, मध्यपुर ठिमी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, स्थानीय स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु लगायतले स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेका थिए ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: