प्रधानमन्त्री ओलीलाई धन्यवाद दिंदै पूर्व शिक्षामन्त्री विद्या भट्टराईले के भनिन् आगामी यात्राबारे ?

दर्पण दैनिक १२ बैशाख २०८२,१२:२६
post

काठमाडौं । पूर्व शिक्षामन्त्री विद्या भट्टराईले नवनियुक्त मन्त्री रघुजी पन्तलाई बधाई दिँदै आफ्नो कार्यकालको समापनमा आभार प्रकट गरेकी छन् । पार्टी र सरकारबाट पर्याप्त सहयोग नपाएको भन्दै राजीनामा दिएकी भट्टराईले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै लेखेकी छन्, ‘म माथि विश्वास गरेर सरकारमा जिम्मेवारी दिनुभएकोमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँको नेतृत्वको मन्त्रिपरिषद्प्रति आभारी छु ।’

उनले आफूलाई अवसर दिएकोमा पार्टी नेतृत्व र सम्पूर्ण पार्टी संरचनाप्रति कृतज्ञता पनि व्यक्त गरेकी छन् । नौ महिनाको कार्यकालमा साथ दिने सचिव, सहसचिव, विभागीय प्रमुख, कर्मचारी, सुरक्षा निकायलगायत सबैलाई सम्झिँदै उनले धन्यवाद ज्ञापन गरेकी छन् । भविष्यको यात्राबारे संकेत गर्दै भट्टराईले लेखेकी छन्, ‘अबको मेरो मार्ग सार्वजनिक शिक्षाको सशक्तिकरण, अनुसन्धान र प्रविधिमा आधारित सबैका लागि गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा केन्द्रित हुनेछ ।’

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: