शिक्षक-कर्मचारीले दलीय राजनीति गरे उजुरी दिन शिक्षामन्त्री श्रेष्ठकाे आह्वान (भिडियाे)

दर्पण दैनिक १९ चैत्र २०८०,०८:३४
post

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीहरु कुनै पनि राजनीतिक दलमा आवद्ध भए उजुरु दिन आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत शिक्षक-कर्मचारीलाई दलीय राजनीति नगर्न सचेत गराउँदै त्यसाे गरेकाे पाइएमा उजुरी दिन भनेकी हुन् ।

उनले शिक्षा ऐन, २०२८ दफा १६(ङ) को उपदफा ५ खण्ड (५) को बुँदा उल्लेख गर्दै बहालवाला शिक्षक कर्मचारी राजनीतिक दलमा आवद्ध भए पदबाट हटाइने प्रावधान उल्लेख गर्दै त्यसो नगर्न सचेत गराइन् ।

त्यस्तै, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को १४ उपदफा २ खण्ड (ग)मा सरकारको स्वामित्वमा रहेको संस्थामा आवद्ध नरहेकालाई मात्रै दलको सदस्यता वितरण गर्नुपर्ने व्यवस्थासमेत उल्लेख गर्दै मन्त्री श्रेष्ठले कानून राम्रो भएपनि कार्यान्वयन फितलो भएको भन्दै त्यसो गरेको पाइएमा उजुरी गर्न आग्रह गरेकी छन् ।

उनले यस्तो कहीँ कतै पाइएमा शिक्षा मन्त्रालयमा जुनसुकै माध्यमबाट उजुरी गर्न पनि आम नागरिकलाई आग्रह गरेकी छन् । उनले भनिन्, ‘अब ढिलो भइसक्यो । अब चाहिँ शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउनै पर्छ ।’

भिडियाे लिंक : https://www.youtube.com/watch?v=80eUh3EIjUA

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: