स्नातक तह प्रथम वर्षको विद्यार्थी भर्ना रोकियो

दर्पण दैनिक ५ फाल्गुन २०७९,१२:५९
post

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी भर्ना प्रक्रिया रोकिएको छ । चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका लागि फागुन १९ गतेदेखिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । 

निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम रोकिएको हो । निर्वाचन सम्पन्न भइसकेपछि रोकिएको भर्ना कार्यक्रम पुन: सुचारु हुने त्रिविले जनाएको छ । 

त्रिविले अहिले स्नातक प्रथम वर्षको भर्ना कार्यक्रम सञ्चालन गर्दै आएको थियो । निर्वाचन कार्यतालिका आएसँगै भर्ना कार्यक्रम रोकिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: