मेयर बालेन्द्रकाे गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा

दर्पण दैनिक ६ असार २०८०,१४:३३
post

काठमाडौं । शैक्षिक मेला, फिल्म बन्द गराउनेलगायतका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन् । पछिल्लो समय काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्यालको नै मुख्य भूमिका थियो । तर अहिले शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेसम्मका गतिविधि लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानको आधारमा भएको अर्यालले बताएकी छन् । 

गत वर्ष भदौमा काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा नियुक्त अर्यालले सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन् । २०१७ मा शिक्षा क्षेत्रमा योगदान गरेबापत उनलाई सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनले प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत गरेको थियो । उनले टिच फर नेपालको ५ वर्ष अध्यक्षका रूपमा काम गरिसकेकी छिन् ।
 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: