
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका-६ कालिञ्चोकमा अवस्थित हरिसिद्धी माध्यामिक विद्यालयले एसइई परीक्षा २०८१ मा उत्तीर्ण आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेकाे छ । शुक्रबार बागमती प्रदेशका पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य तिर्थ लामाको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई सम्मान गरिएकाे हाे ।
एसईई परीक्षा २०८१ मा उक्त विद्यालयबाट २० जना सामेल भएकोमा सतप्रतिशत उत्तीर्ण भएका थिए । उनीहरु सबैलाई सम्मान गरिएकाे हाे । विद्यालयले विद्यार्थीहरूलाई सम्मानपत्रसहित मायाको चिनो प्रदान गरेकाे छ ।
सतप्रतिशत विद्यार्थी उत्तिर्ण गर्नको लागि विद्यालयका शिक्षक/शिक्षिकाहरूको पनि योगदान रहेको भन्दै विद्यालय व्यवस्थापन समितिद्वारा शिक्षक/शिक्षिकाहरूलाईसमेत सम्मान गरिएकाे छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामाले यस हरिसिद्बि माध्यमिक विद्यालयलाई विगतमा आफु व्यवस्थापन समितिको अध्यक्ष हुँदा भन्दा अगाडि देखि नै यस विद्यालयको बिभिन्न क्षेत्रका सुधारका लागि निरन्तर लागिको स्मरण गराए ।
उक्त सम्मान कार्यक्रममा जिल्ला समन्वय समिती काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर वाइबा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, रोशी-६ का वडाध्यक्ष नारायण बहादुर सिवाकोटी लगायत स्थानीय शिक्षासेवी, समाजसेवी र विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेका थिए ।




























































.jpg)


















.jpg)













































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google