बडिखेल सहकारीको निःशुल्क स्वास्थ्य शिविर

दर्पण दैनिक १५ पुष २०८०,०७:३९
post

ललितपुर । गोदावरी नगरपालिका वडा नं ४ बडिखेलका लगभग डेढ सय महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । बडिखेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा गोदावरी मिडसिटि हस्पिटलको सहकार्यमा आज सो क्षेत्रका महिलाको स्वास्थ्यलाई ध्यानमा राखी स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर चलाइएको हो । 

शिविरमा पाठेघरको परीक्षण गराएका महिला मध्येका करिब सात प्रतिशतलाई थप स्वास्थ्य उपचारको आवश्यकता देखिएको चिकित्सक डा।गोमा केसीले जानकारी गराइन् । 

सहकारीका उपाध्यक्ष तथा सामाजिक उत्तरदायित्व उप समितका संयोजक दिनेश आचार्यले उक्त एक दिने शिविरमा आफूमा स्वास्थ्य समस्या भएका महिलाले उपचार सेवा लिएका बताए । सो शिविरमा महिलाहरुको पाठेघरको सम्पूर्ण परीक्षणका साथै जनरल फिजिसियन मार्फत सेवा समेत दिइएको अयोजक संस्थाले जानकारी गराएको छ । 

एक दिने शिविरमा अस्पतालका चिकित्सक लगायत मेडिकल टिम, नं ४ वडा कार्यालय,बडिखेल स्वास्थ चौकीका प्रतिनिधिका साथै स्वास्थ्य स्वयंसेविकाका, निःशुल्क ओैषधिदाता कम्पनी आदिले सहयोग पुर्याएका थिए ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: