
काभ्रे । तेमाल गाउँपालिकामा सञ्चालित २ दिने निशुल्क मोतिविन्दुका बिरामीहरुको शल्यक्रिया शिविर सम्पन्न भएको छ । तेमाल गाउँपालिकाको आयोजना नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको सहकार्य र गुड भिजन जर्मनको सहयोगमा मोतिविन्दुका बिरामीहरुको शल्यक्रिया शिविर सञ्चालन गरिएको हो ।
पोखरीनारायणथान स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरबाट ७२ जनाले शल्यक्रिया गरिएको छ । जसमा २९ महिला र ४० पुरुषको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । त्यस्तै, २ जनाको आँखामा मासु पलाएको शल्यक्रिया, १ जनाको आँखाको लिड गडेको समस्याको शल्यक्रिया गरिएको पालिका अध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए ।
वरिष्ठ नेत्र विशेषज्ञद्वारा मोतिविन्दु लगायत मुख्य गरेर आँखाको अन्धोपन गराउन सक्ने आँखाको रोगहरुको निःशुल्क रुपमा शल्यक्रिया गर्न शिविर आयोजना गरिएको प्रमुख प्रशासकीय योगेन्द्र राज गुरुङले जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google