काभ्रे । खानीखोला गाउँपालिका– ६ स्थित साल्धारा स्वास्थ्यचौकीकाे सुविधासम्पन्न भवन उद्घाटन गरिएकाे छ । बागमती प्रदेशका पूर्वमन्त्री एवं काभ्रे क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य तीर्थ लामाले शनिबार एक कार्यक्रमबीच भवन उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रममा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बा, खानीखोला गाउँपालिका– ६ का अध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति घिसिङ, स्वास्थ्यचौकी इन्चार्ज रामकुमार रामलगायत स्वास्थ्यकर्मी, समाजसेवी, कमर्चारी तथा स्थानीयकाे उपस्थिति रहेकाे थियाे ।
नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै पूर्वमन्त्री लामाले सो क्षेत्रका मतदाताका लागि आफू सधैँ ऋणी भएको बताए । निर्वाचित भएको पहिलो वर्ष खोपासी–तालढुंगा सडकका लागि बजेटको पहल गरेको भन्दै आगामी चार वर्षमा त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाए ।
०७२ सालको भूकम्पले भत्काएको आठ वर्षपछि स्वास्थ्यचौकीकाे भवन निर्माण भएकाे हाे । भारतीय दूतावासको सहयोगमा दुई करोड ६ लाख ६७ हजारको लागतमा ठेक्कामार्फत साे भवनकाे निर्माण सम्पन्न भएकाे र अपांगमैत्री उक्त भवनमा पाँचवटा कोठाका अतिरिक्त स्टोर, भान्सासहितको आवास सुविधा रहेको स्वास्थ्यचौकी इन्चार्ज रामले जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google