उपत्यका ट्राफिक प्रहरी कार्यालयमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय भन्दा बढीकाे स्वास्थ्य परिक्षण

दर्पण दैनिक २७ माघ २०८०,१९:२३
post

काठमाडाैं । नेपाल प्रहरी श्रीमती संघको आयोजनामा अल्का अस्पताल जावलाखेल ललितपुरको प्राविधिक सहयोग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको सहकार्यमा आज 'नि:शुल्क स्वास्थ्य शिविर' कार्यक्रम सम्पन्न भएको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको कार्यालय परिसरमा आयोजित नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवर र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौंका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले पानसमा दिप प्रज्वलन गरेर समुद्घाटन गरे । 


कार्यक्रममा प्रहरी नायब महानिरीक्षक पोखरेलले स्वागत मन्तव्य राख्दै सडकमा धुलो र धुँवामा खटिने ट्राफिक प्रहरीका लागि स्वास्थ्य शिविरको आवश्यकता रहेको बताउँदै नेपाल प्रहरी श्रीमती संघ र अल्का अस्पताल प्रालीलाई धन्यवाद समेत व्यक्त गरे ।  यस्तै नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा अल्का अस्पतालको प्राविधिक सहयोगको औचित्य प्रकाश पार्दै लामो समयसम्म नेपाल प्रहरी र नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्य सुखद रहेको र आगामी दिनमा पनि अस्पतालको तर्फबाट सहयोग रहिरहने अल्का अस्पतालका अध्यक्ष कुमार थापाले बताए । 
 
 
प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुँवरले कार्यक्रममा सम्बोधन गर्दै  संस्था सामाजिक र मानवीय कार्यमा सधैं अग्रसर रहने प्रतिवद्दता व्यक्त गर्दै अल्का अस्पताल र चिकित्सकको टोलीलाई धन्यवाद दिइन् । 

स्वास्थ्य शिविरमा काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरी र प्रहरी परिवारका सदस्य गरि ३ सय भन्दा बढीले स्वास्थ्य परिक्षण गराएका छन् । 
नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा निस्वार्थ रुपमा सेवा दिने र स्वास्थ्य शिविर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विशेषज्ञ चिकित्सक तथा प्राविधिक टोलीलाई प्रशंसा-पत्र मार्फत सम्मान गरिएको थियो ।

 
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका उपाध्यक्षहरू, सल्लाहकारज्यूहरू काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौँका  प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट, कार्यसमितिका पदाधिकारी,  ट्राफिक प्रहरी अधिकृत, स्वास्थ्य सेवा लिन आएका सकल दर्जाका प्रहरी र प्रहरीका परिवारको उपस्थिती रहेको थियो ।
 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: