तेमालमा २ दिने मोतिविन्दुको निःशुल्क शल्यक्रिया शिविर

दर्पण दैनिक ११ बैशाख २०८२,२१:०७
post

काभ्रे । तेमाल गाउँपालिकाको आयोजनामा नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको सहकार्य र गुड भिजन जर्मनको सहयोगमा मोतिविन्दुका बिरामीहरुको शल्यक्रिया शिविर सुरु गरिएको छ । पोखरीनारायणथान स्वास्थ्य चौकीमा सुरु भएको शल्यक्रिया शिविर २ दिन वैशाख ११ र १२ गते सञ्चालन हुनेछ । 

वरिष्ठ नेत्र विशेषज्ञद्वारा मोतिविन्दु लगायत मुख्य गरेर आँखाको अन्धोपन गराउन सक्ने आँखाको रोगहरुको निःशुल्क रुपमा शल्यक्रिया गर्न शिविर आयोजना गरिएको प्रमुख प्रशासकीय योगेन्द्र राज गुरुङले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष चन्द्र बहादुर तामाङको प्रमुख आतिथ्यतामा र उपाध्यक्ष दलमान थोकर (डिएम) को सभाध्यक्षतामा शिविरको उद्वाटन  गरिएको हो । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: