कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदै आज

दर्पण दैनिक ४ भाद्र २०८०,०७:१८
post

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने विश्वासको मत फेल गराउने रणनीतिमा छ। विश्वासको मत लिनु अघिल्लो दिन (आइतबार) नै एमालेले आफ्ना ७ जना ज्येष्ठ सांसदको बिदासम्बन्धी निवेदन पेस गर्दै मुख्यमन्त्रीलाई अप्ठ्यारोमा पारेको छ । 

एमालेका ६ सांसदले ‘घरायसी समस्या’मा परेका कारण प्रदेश सभा उपस्थित हुन नसक्ने भन्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएका छन्। एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले ६ जना सांसदले बिदाको निवेदन दिएको र १ जना सांसद यसअघि नै विदेश भ्रमणमा रहेकाले ७ जना सांसद अनुपस्थित हुने देखिएको बताए । 

यसरी घरायसी समस्या देखाएर बिदामा बस्ने सबै  ज्येष्ठ सदस्यहरू छन्। गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले सोमबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आह्वान भएको छ । बैठकमा प्रदेश सभामा ज्येष्ठ सदस्य रहेका ६ जना सांसदहरू अनुपस्थित हुने भएपछि एमालेको रणनीति विश्वासको मत फेल गराउने रहेको देखिन्छ ।


एमालेको रणनीतिमा अर्को विपक्षी दल राप्रपाले पनि साथ दिएको छ । राप्रपाका सांसदहरू अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा पनि ‘घरायसी समस्या’मा परेर सोमबारको प्रदेश सभा बैठकमा अनुपस्थित हुनेगरी  निवेदन दर्ता गराएका छन् । 

एमालेबाट निर्वाचित सांसद रहेकी हालकी उपसभामुख सिर्जना दनुवार पनि प्रदेश सभा बैठकका अनुपस्थित हुने बुझिएको छ । उनी अनुपस्थित भएको खण्डमा ज्येष्ठ सदस्यहरूले बैठकको अध्यक्षता गर्नुपर्ने नियम छ। तर, आफ्ना सबै ज्येष्ठ सदस्यहरू अनुपस्थित गराएर एमालेले प्रदेश सभाको अध्यक्षता सत्ता गठबन्धनकै सांसदले गर्नुपर्ने परिस्थिति निर्माण गर्न लागेको हो । तर सोमबार वैठक सभामुख नभएपछि उपसभामुखले सञ्चालन गर्ने दाबी भण्डारीले गरे ।

अध्यक्ष मण्डलमा रहेका राप्रपाका सांसद अम्बरबहादुर विष्टले पनि बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएपछि सत्ता गठवन्धन अप्ठ्यारोमा परेको छ । यसरी बिदामा बसेका एमालेका सांसदहरूमा रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी छन्। एमालेका सांसद ईश्वरचन्द्र दुलाल बिदा लिएर यसअघि नै अमेरिका भ्रमणमा गएका थिए । उनी फर्केका छैनन् ।

प्रदेश सभामा सभामुख र उपसभामुख नहुँदा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । तर, उपसभामुखले राजीनामा नदिएको अवस्थामा भने अध्यक्ष मण्डलमा रहेका सदस्यहरूले बैठक सञ्चालन गर्ने व्यवस्था प्रदेशसभा नियमावलीमा छ । नियमावली अनुसार उपसभामुख पनि अनुपस्थित भएको अवस्थामा अध्यक्ष मण्डलमा बाँकी रहेका इस्राइल मन्सुरी र गीता तिम्सिनाले बैठक सञ्चालन गर्नुपर्नेछ । उनीहरु गठबन्धनका सांसद हुन् ।

एमालेका ज्येष्ठ सदस्यले बैठकमा अनुपस्थित हुने सूचना दिएकोले उपसभामुख सिर्जना दनुवारलाई अनुपस्थित गराउने एमाले रणनीति देखिन्छ। यस्तो भएमा ज्येष्ठ सदस्यको १३ औं नम्बरमा रहेका कांग्रेसका अमृत अर्यालले प्रदेश सभाको अध्यक्षता गर्नुपर्ने छ । उनी बैठकको अध्यक्ष भएमा सत्ता गठवन्धनको ४६ सांसद हुने छ । विश्वासको मतका लागि ४७ सांसद आवश्यक हुने भएकाले सत्ता गठबन्धन अप्ठ्यारोमा परेको हो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्:

राजनीति