तेमालका अगलागी पीडित आसमानलाई  जस्तापाता हस्तान्तरण

दर्पण दैनिक १७ माघ २०८०,१४:३८
post

काभ्रे । तेमाल गाउँपालिका २ फुलडाँडाका अगलागीबाट पूर्णरुपमा घरजलेका आसमान तामाङलाई नेपाल तरुण दल प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को प्रदेश सभा ‘क’ का सभापति रामध्वज लामा र नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सदस्य शंकरमान लामाले जस्तापाता सहयोग गरेका छन् । बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाको उपस्थितिमा सो जस्तापाता हस्तान्तरण गरिएको हो । 

जस्तापाता हस्तान्तरणको कार्यक्रममा तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, वडा नं २ र ३ का वडाध्यक्षहरु, साथै नेपाली कांग्रेस प्रदेश सभा १ को सभापति राम तामाङलगायतको उस्थिति रहेको थियो । 

यसअघि आसमान तामाङले घटनालगत्तै गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामा र वडा ३ का वडाध्यक्ष विष्णुबहादुर तामाङले आगलागी पीडित तामाङलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए ।
आगलागीबाट भएको क्षतीको अध्यक्ष चन्द्र बहादुर लामा अनुगमन तथा निरीक्षण गररेपछि सो राहत हस्तान्तरण गरेका थिए ।

पुस १६ गते सोमबार साँझ करिव ६ बजेको समयमा अचानक विद्युत लाईन सर्ट भई तामाङको घर आगलागीबाट पूर्णरूपमा क्षती भएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको थिएन । घरमा रहेको अन्नपात, लत्ताकपडा एवम् घर पूर्णरूपमा नष्ट भएको थियो । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: