बाग्मती गाउँपालिका ४ का वडा सदस्य दाहालले दिए राजिनामा

दर्पण दैनिक २० असार २०८२,१६:०३
post

काठमाडाैँ । बाग्मती गाउँपालिका वडा नं ४ बाट निर्वाचित वडा सदस्य रोम प्रसाद दाहालले आफ्नो पदबाट राजिनामा दिएका छन् । व्यक्तिगत कार्यव्यस्तताको कारण देखाउँदै उनले शुक्रबार गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनलाई भेटेर राजिनामापत्र बुझाएका हुन् । 

२०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका दाहालले पार्टीको क्रियाशील सदस्यबाट समेत राजिनामा दिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । यद्यपि उनले राजिनामा दिनुको अन्य कारण भने खुलाएका छैनन् । 

राजिनामा दिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उनले वडाबासी मतदाताको मतलाई कदर गर्न नसकेकोप्रति माफी समेत मागेका छन् । पार्टीको सदस्यताबाट समेत राजिनामा दिएको घोषणा गर्नुले उनको राजिनामाप्रति संशय पैदा भएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: