खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुँदै

दर्पण दैनिक ९ जेष्ठ २०८०,१७:०९
post

काठमाडौं । प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले जेठ २३ गतेदेखि २५ गतेसम्म उक्त सम्ललेन गर्न लागकोे हो । मंगलबार पत्रकार सम्मलेन गर्दै समितिका अध्यक्ष हर्क बहादुर सिंहले प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएका हुन् ।

जैविक विविधता र प्राकृतिक सौन्दर्य र आध्यात्मिक आस्थाको धरोहरका रुपमा क्षेत्रलाई आध्यात्मिक ध्यान केन्द्रका रुपमा विकास गर्न सकिने प्रचर सम्भावना रहेको बताउँदै सो सम्मेलनको आयोजना गरिएको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने सो धनराष्ट्रिय आध्यात्मिक सम्मेलनमा, उपप्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु संघीय संसदका सदस्य,  प्रदेशका मन्त्रीहरु, पूर्व मन्त्रीहरु प्रदेश सरकारका मन्त्री र प्रदेश सभाका सदस्य, पूर्व सांसद, स्थानीय तहका जनप्रतिनिधिहरु, नीजि क्षेत्रका सामाजिक अभियान्ताहरुसहित ५ सयभन्दा बढीको उपस्थिति रहने समितिले जनाएको छ ।

उक्त सम्मेलनमा प्रसिद्ध योग गुरु बाबा रामदेव, जगनगर बालसन्त आयुर्वेद शिरोमणी बालकृष्ण आचार्य लगायत आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको पनि उपस्थिति रहनेछ । अन्तर्राष्ट्रिय तहमा खप्तड क्षेत्रका महिमा प्रचारप्रसार भई छिमेकी मुलक भारत लगायत तेस्रो मुलुकबाट पर्यटकहरुको आगमनलाई वृद्धि गर्न यो सम्मेलन कासेढुंगा साबित समितिको भनाई छ ।

सो आयोजना गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा ४०५ सदस्यीय प्रथम बनाई अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन मुल आयोजक समारोह समिति गठन भइसकेको छ ।

साथै पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन भई आवश्यक तयारीमा जुटिसकेको छ । यो सम्मेलन नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण प्रस्थान विन्दु आयोजकको भनाई छ । 

सुदूरपश्चिम प्रदेशमा रहेका खप्तड, बडिमालिका, रामारोशन, बुढीनन्दा वैधनाथ, त्रिपुरासुन्दरी मालिकार्जुन, शैलेश्वरी, उग्रतारालगायत प्रसिद्ध धार्मिक तथा आध्यात्मिक पठनका केन्द्र पर्यटन विकास गर्न सके सुदरपश्चिमको आर्थिक विकासले काचुली फेर्न आयोजकले जनाएको छ । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: