काभ्रे । नमोबुद्वका समाजसेवी सन्तमान तामाङले नमोबुद्ध नगरपालिका ८ दाप्चामा ऐतिहासिक विद्यालय श्री दाप्चा माध्यमिक विद्यालयमा सिसिटिभी सहयोग गरेका छन् । शनिबार दाप्चा पुगेर तामाङले विद्यालयमा प्राविधिक मेसिन सिसिटिभी जडानको लागि आर्थिक तथा प्राविधिक सहयोग गरेका हुन् ।
विद्यालयको सुरक्षा र शैक्षिक गुणस्तर सुधारको उद्देश्यसहित विद्यालयको आवश्यकता अनुसार सिसिटिभी क्यामेरा जडान गर्न आर्थिक तथा प्राविधिक सहयोग गरेकामा तामाङलाई विद्यालयका प्रधानाध्यापक लोकेन्द्र सिंह घटालले धन्यवाद दिएका छन् ।
तामाङ नमोबुद्ध नगरपालिका १० निवासी समाजसेवी तथा राजनीतिकर्मी हुन् । समाजसेवी सन्तमान तामाङले विभिन्न कार्यक्रमहरु लिएर जनतामाझ सधैँ पुगेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google